Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धनुषामा हतियारसहित दुई जना पक्राउ

रामनारायण यादव / जनकपुरधाम । धनुषाको विदेश नगरपालिका वडा नम्वर ६ तिनकोरीया चोकबाट हतियारसहित दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जिल्लाको शहिदनगर नगरपालिका वडा नम्वर २ बस्ने १९ वर्षीय निपुल यादव र सोही नगरपालिका वडा नम्वर ३ बस्ने उतिमलाल पासवान रहेका छन् ।

उनीहरुको सथबाट कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।

उनीहरुले मैनाथपुरबाट यदुकुहा तर्फ जादै गरेको ज.१०प. ८६३५ नम्वरको मोटरासाइकललाई चेक जाँच गर्ने क्रममा मोटरसाइकलामा पछाडि सबार पासवानको साथबाट कम्मरको अगाडी पट्टी कालो प्लाष्टिकले बेरीएको अवस्थमा कटुवा पेस्तोल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसंधान भइरहेको प्रहरी नायव उपरिक्षक मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077