Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं। मन्त्रिपरिषदको बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा युवा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार बर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

लामो समय कान्तिपुर दैनिकमा काम गरेका बस्नेत पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि हुन।

बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत नियुक्त भएका थिए ।

दोलखा स्थाइ घर भएका  बस्नेत कान्तिपुर दैनिकमा रहँदा व्यबसायिक पत्रकारीतामा पोख्त थिए । बस्नेत कानुनमा पनि दख्खल मानिन्छन्।

यसअघि  प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077