Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कोरोनाको तेस्रो र चौथो लहरको खतरा, बालबालिका लागि बेड तयार गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

मन्त्रालयका महाशाखा प्रमुख डा मदन कुमार उपाध्यायले आज एक विज्ञप्ति सार्वजनिक गर्दै सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड राख्न निर्देशन दिएका हुन्।

'प्रथम र दोस्रो लहरले अत्याधिक मात्रामा युवा र प्रौढहरुलाई संक्रमित भएको हुँदा व्यवस्थापनको तयारी प्रौढ र युवा लक्षित मात्र भएको छ,' विज्ञप्तिमा भनिएको छ। 'बालवालिकालाई सुरक्षित गराउन तेस्रो र चौथो लहर आउनुअघिनै सरकारले सजगता अपनाएको हो ।'

यस्तो छ मन्त्रालयका प्रमुखले जारी गरेको विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077