Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जसपालाई ८ मन्त्रालय, महतोले उपप्रधानमन्त्री पाउँदा, वनमन्त्री आलेको पद खोसियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले ८ मन्त्रालय पाएसँगै हाल सरकारमा रहेका तीन जना मन्त्री मन्त्रालयविहीन भएका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच भएको छलफलमा जसपाले ८ मन्त्रालय पाएको हो। जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।

जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ । तर महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फे छिन् । नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् ।

जसपामा राजेन्द्र महतो, उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारी, ऊर्जा तथा जलस्रोत, अनिल झा, खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव, श्रम तथा रोजगार, उमाशंकर अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा अबको केही बेरमा सपथ लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077