Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • जसपालाई सरकारमा भित्र्याएका ओलीले एमालेबाट मन्त्री बनेका प्राय: सबैलाई हटाइदिए !

    जसपालाई सरकारमा भित्र्याएका ओलीले एमालेबाट मन्त्री बनेका प्राय: सबैलाई हटाइदिए !

    स्वास्थ्य र परराष्ट्रमन्त्रीमा क्रमश : शेरबहादुर तामाङ, रघुबीर महासेठ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्।

    आज साँझ प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी जसपाको महन्थ-राजेन्द्र समूहसहितका मन्त्रीहरूलाई सपथ खुवाउन लागेपछि यसअघिका चार जनाबाहेक एमालेका सबै मन्त्रीहरूलाई हटाउदै मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका हुन्।



    प्रधानमन्त्री ओलीले जसपाका ८ जना मन्त्री र दुई राज्यमन्त्री तथा एमालेका दुई मन्त्रीलाई केहीबेरमा शपथ गराउने तयारी गरेका छन् ।



    ओलीनिकट स्रोतका अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका छन्।

    एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुबीर महासेठले पाउने भएका छन् भने शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएको स्रोतको भनाइ छ।

    यसअघि प्रदीप ज्ञवाली परराष्ट्र र हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री थिए। महासेठ र तामाङ यसअघि पनि ओली सरकारमा मन्त्री भइसकेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार