Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आफु निकट रेणु यादवलाई मन्त्री बनाएको भन्दै कार्यकर्ताहरुले जलाए उपेन्द्रको पुत्ला

    आफु निकट रेणु यादवलाई मन्त्री बनाएको भन्दै कार्यकर्ताहरुले जलाए उपेन्द्रको पुत्ला

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 1.7K
    SHARES

    पर्सा । मन्त्रीमण्डलले  पूर्णता पाएलगत्तै सत्तारुढ जनता समाजवादी पार्टी नेपालमा असन्तुष्टि देखिएको छ ।

    प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै कार्यकर्ताहरुले वीरगञ्जमा जसपा अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् ।



    वीरगञ्जमा जसपाको झण्डा र अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाइएको छ ।



    हिजो राती आक्रोशित युवाको एक समुहले जसपाको झण्डा जलाउनुका साथै र अध्यक्ष यादवको पुत्ला जलाएको हो ।

    त्यस्तै, अर्का सांसद प्रमोद साहले आफूलाई धोका भएको भन्दै समाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।

    अध्यक्ष उपेन्द्र यादवकै आफन्त अमरेन्द्र यादवले समेत सामाजिक सञ्जालमा रेणु यादव र महिन्द्र राय यादवलाई मन्त्री बनाएको भन्दै चरम असन्तुष्टि पोखेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार