Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले फुट्यो, जसपा छलफलमै

    एमाले फुट्यो, जसपा छलफलमै

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले फुटेको छ ।

    बुधबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ताको तयारी गरेसँगै एमाले औपचारिक रुपमा फुटेको हो।



    नेपाल पक्षका नेता नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेको बताएका छन्।



    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।

    नेपाल पक्ष एक केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

    सरकारले कुनै पनि दलको केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यको समर्थन भएमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको थियो । सरकारले एमाले र जनता समजवादी पार्टी विभाजन गर्ने गरी अध्यादेश ल्याएको राजनीतिक वृत्तमा टिप्पणी छ ।

    यता उक्त अध्यादेशपछि फुटेको एमालेले नयाँ दल दर्ताको प्रक्रिया अघि बढाइसक्दा जसपा भने छलफलमै अल्झिरहेको छ।  नयाँ पार्टी गठनका लागि ठाकुर पक्ष अहिले बैठक बसिरहेको छ । जसपाका एक नेताका अनुसार ठाकुर पक्षले पार्टीको ननाम जसपा नेपाल (लोकतान्त्रिक) राख्ने तयारी गरेको छ । पार्टीको चुनाव चिह्न साइकल प्रस्ताव गरिएको ति नेताले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार