Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मन्त्रिमण्डल गठनमा एकलौटी गरेको भन्दै जसपाभित्र भाँडभैलो, यादवको पुत्लासमेत जलाए

    मन्त्रिमण्डल गठनमा एकलौटी गरेको भन्दै जसपाभित्र भाँडभैलो, यादवको पुत्लासमेत जलाए

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) भित्र भाँडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि पार्टीभित्र भाडभैलो मच्चिएको हो ।

    प्रादेशीक, जातीय, समावेशीतालाई आधार नमानेर मन्त्री पठाएको भन्दै अध्यक्ष यादवप्रति नेताहरुले असन्तुष्टि जनाएका हुन्। उपेन्द्र यादवले मनोमानी ढंगले मन्त्री छानेको भन्दै आफ्नै कार्यकर्ताले उनको पुत्लासमेत जलाए।



    जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवं सांसद मो. इस्तीयाक राई, सांसद प्रदीप यादव, प्रमोद साह, अमृता अग्रहरी, मृगेन्द्र सिंहलगायत नेताले यादवविरुद्ध ठूलै कदम चाल्ने चेतावानी समेत दिएका छन् । केन्द्रीय कार्यालयमा कार्यकर्ताले अध्यक्ष यादवको पुत्ला समेत जलाएका छन् ।



    सरकार गठनमा पार्टीभित्र व्यापक असन्तुष्टि भएको बताएका छन् । सांसद राईले आफ्नो अध्यक्ष उपेन्द्र यादव एकल, स्वाच्छाचारी निर्णय गरेको आरोप लगाए । डा. बाबुराम भट्टराई गोरखा र अशोक राई पूर्व गएको मौकामा मन्त्री छनौट गरेको उनको आरोप छ ।

    जसपाबाट राजेन्द्र श्रेष्ठले सरकारको नेतृत्व गरेका छन् । उनले श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादव र वन तथा वातावरणमन्त्री रामसहाय यादव भएका छन् ।

    मन्त्री नियु्क्तप्रति असन्तुष्टि र नेतृत्वविरुद्ध ठूलै कदम चाल्ने चेतावानी दिएका छन् । प्रदीप यादवलाई मन्त्री नबनाएकामा पर्सामा अध्यक्ष यादवविरुद्ध प्रर्दशन नै भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार