Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • महन्थ ठाकुरद्वारा दायर रिटमाथिको सुनुवाइ आज

    महन्थ ठाकुरद्वारा दायर रिटमाथिको सुनुवाइ आज

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षका हैसियतमा महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ।

    शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा ठाकुरले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ हुन लागेको हो।



    यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने प्रक्रिया अघि बढाएपछि प्रक्रिया रोक्न माग गर्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।



    उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरिरहन नपर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार