Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विचार नमिल्नेहरु पार्टीबाट बाहिरिँदा सहज भएको छ : महन्थ ठाकुर

    विचार नमिल्नेहरु पार्टीबाट बाहिरिँदा सहज भएको छ : महन्थ ठाकुर

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 303
    SHARES

    जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले विचार नमिल्नेहरु पार्टीबाट बाहिरिँदा सहज महसुस भएको बताएका छन्।

    पार्टीको केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु सार्वजनिक गर्न जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।



    उनले अहिलेको विभाजनले पार्टीलाई कुनै असर नपरेको दाबी गरे । लोसपाबाट वरिष्ठ नेता राजेन्द्र महत्तो र अनिल झासहितका नेताहरुले हालै लोसपा परित्याग गरेका छन् ।



    अध्यक्ष ठाकुरले भने वरिष्ठ नेता महत्तोले पार्टी छोडेर कुनै असर नपर्ने दाबी गरे ।

    अध्यक्ष ठाकुरले पार्टी केन्द्रीय सत्ता गठबन्धनबाट बाहिरिएपनि मधेशमा भने सरकारमा सहभागी हुनुपर्ने अवस्था रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार