Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • वार्ता समितिले सहमति नजुटाएपछि ओली र ठाकुरबीच छलफल

    वार्ता समितिले सहमति नजुटाएपछि ओली र ठाकुरबीच छलफल

    अनलाइन नेपाल
  • सोमबार, १७ असोज २०७९
  • 765
    SHARES

    काठमाडौं । चुनावी गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गठन गरेको वार्ता समिति र नेकपा एमालेको शीर्ष नेताबीच दुई तीनसम्म चलेको वार्तामा कुरा नमिलेपछि दुई पार्टीका अध्यक्ष नै छलफलमा जुटेका छन् ।

    आगामी चुनावमा सिट बाँडफाँटको विषय टुंग्याउन दुवै नेताबीच छलफल भएको लोसपाले बताएको हो।



    एमाले र लोसपाबीच गठबन्धन हुने/नहुने विषयमा ठाकुरले ओलीसँग छलफल गर्नेछन्। दुई दलबीच भएको छलफलमा एमालेले चुनावी गठबन्धन विषयमा त्यति चासो नदेखाएको वार्तामा सहभागी एक नेताले बताए।



    मधेसमा शीर्ष नेताहरूले नै पार्टीमा प्रवेश गर्न थालेपछि एमालेले चुनावी गठबन्धनका लागि त्यति चासो नदेखाएको  नेताको भनाइ छ।

    जसपाले मधेस प्रदेशमा १९ सिट माग गरेकामा एमालेले सहमति जनाएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार