Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जसपा विवाद : सर्वोच्चद्वारा आयोगकै निर्णय सदर, ठाकुरको मागमा अन्तरिम आदेश दिन अस्वीकार

    जसपा विवाद : सर्वोच्चद्वारा आयोगकै निर्णय सदर, ठाकुरको मागमा अन्तरिम आदेश दिन अस्वीकार

    अनलाइन नेपाल
  • सोमबार, ३२ साउन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको आधिकारिकताको बिषयमा निर्वाचन आयोगकै निर्णयलाई सदर गरेको छ।

    सर्वोच्चले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयमाथि सदर गर्दै महन्थ ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको हो।



    यसअघि महन्थ ठाकुरले आयोगको विरूद्दमा सर्वोच्चमा रिट दायर गरेका थिए । आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएको थियो ।



    सोमबार उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको अधिवक्ता दीपक राईले जानकारी दिए ।

    ठाकुरको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो, प्रकाशबहादुर केसी, विजयकान्त मैनाली, ईश्वरी भट्टराईलगायतले बहस गरेका थिए ।  यादवको पक्षबाट भने महादेव यादव, हरिहर दाहाल, मुक्ति प्रधान, दिनेश त्रिपाठी, टिकाराम भट्टराई, वीरेन्द ठाकुर, दिनमणि पोखरेललगायतले बहस गरेका थिए ।

    यससँगै उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कायमै रहने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार