Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमा कोरोना संक्रमण घट्दै

    भारतमा कोरोना संक्रमण घट्दै

    अनलाइन नेपाल
  • शनिबार, २२ जेष्ठ २०७८
  • 2.9K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर घट्दै गइरहेको छ ।

    दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।



    पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ४५७ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि भारतमा एकैदिन १ लाख ५२ हजार ७३४ जना संक्रमित फेला परेका थिए । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ८६ लाख ९३ हजार ८१६ जना पुगेको छ ।



    यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३८२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४४ हजार १०१ पुगेको छ । यस्तै २ करोड ६७ लाख ८७ हजार १३० कोरोना संक्रमित निको भइसकेका छन् ।

    भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार