काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले देशलाई नै टुक्रा पार्ने अभियान चलाएको भन्दै महतोको मागलाई अस्विकार र विरोध मात्र गर्न सकिने बताएका छन् ।
महतो उपप्रधानमन्त्रीमा नियुक्त भए लगत्तै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको भन्दै अन्तरवार्ता दिएको विषयलाई लिएर गौतमले आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टेटस लेख्दै गौतमले भनेका छन्–‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुःखी भएको छु ।’
गौतमले थप भनेका छन्–‘नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ ।’
नेता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको पनि स्टेटसमा उल्लेख गरेका छन् ।
https://www.facebook.com/BamdevGautam.com.np/posts/4194503810607173