Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ओलीलाई नै चुनौती दिँदै महतोले फेरी दिए राष्ट्रविभाजन गर्ने अभिब्यक्ति

काठमाडौं।  जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले फेरी बिबादित अभिव्यक्ति दिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन्। उनले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्‍याएका छन् ।

महतोले शुक्रबार राति मन्त्री पदमा बहाली गर्ने क्रममा दिएको अभिब्यक्ति विवादमा परेको थियो।

तर, आज शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताए ।बालुवाटार निकट स्रोतका अनुसार उनलाई मनपरी अभिव्यक्ति नदिन बालुवाटारबाट सचेत गराइएको थियो। तर, उनले प्रधानमन्त्री  ओलीलाई नै चुनौती दिने गरी अभिव्यक्ति दिएका छन् ।

महतोले  पहिलो र दोश्रो संबिधानसभामै असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बिषय उठाएपछि उनी विवादमा परेका हुन् । उनको अभिब्यक्तिलाई लिएर सामाजिक संजालमा चर्को बिरोध भएको छ ।

एमालेका युवा नेता योगेश भट्टराईले महतोको अभिब्यक्ति देशलाई द्वन्द्वतिर फर्काउने खालको भएकाले लगाम लगाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । भट्टराईले लेखेका छन्–आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन् । संकेत राम्रो छैन । देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिब्यक्तिमाथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यू ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077