Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राजेन्द्र महतोको देश टुक्राउने अभिव्यक्तिको बिरोध गर्दा ११ जना विद्यार्थी नेता पक्राउ

    राजेन्द्र महतोको देश टुक्राउने अभिव्यक्तिको बिरोध गर्दा ११ जना विद्यार्थी नेता पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २२ जेष्ठ २०७८
  • 2.7K
    SHARES

    काठमाडौं। नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने अभिव्यक्ति दिएका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको विरोधमा उत्रिएका नेकपा एमालेको झलनाथ खनाल- माधवकुमार नेपालपक्षका विद्यार्थी नेताहरूलाई प्रहरी पक्राउ परेको छ।

    प्रहरीले अनेरास्वबियुका सुदेश पराजुली र महासचिव आरती लामा सहित ११ जना विद्यार्थी नेतालाई प्रहरीले  बानेश्वरबाट पक्राउ गरेको हो।



    पक्राउ परेका सबै ११ जनालाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। उनीहरूलाई प्रहरीले कुटपीटसमेत गरेको थियो।  खनाल-नेपालपक्षका १८ जनसंगठनले उपप्रधानमन्त्री महतोले संविधानविरोधी अभिव्यक्ति दिएको भन्दै तत्काल माफी माग्न उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई आग्रह गरेका छन्



    शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ती संगठनले मन्त्री महतोको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    नयाँ पार्टी, नेपालले पनि मन्त्री  महतोलाई २४ घण्टाभित्र देश निकाला गर्न माग गरेको छ ।

    पार्टीले आज चेतावनी सहितको विज्ञप्ति जारी गरी महतोलाई देश निकाला गर्न माग गरेको हो । उक्त पार्टीले यदि सरकारले उक्त कदम नचालेको खन्डमा जनताले आवश्यक कारबाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने भन्दै चेतावनी समेत दिएको छ ।

    महतोले शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा) कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा नेपाल एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको बताउँदै बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने माग गरेका थिए। उनले शुक्रबार पनि पदभार ग्रहण गर्द उक्त बिबादास्पद अभिव्यक्ति दिएका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार