Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • मेलम्ची पुगेर मन्त्रीको हैसियतमा बाढी पीडितलाई आश्वासन दिइरहेका बेला पद नै गुमेपछि…

    मेलम्ची पुगेर मन्त्रीको हैसियतमा बाढी पीडितलाई आश्वासन दिइरहेका बेला पद नै गुमेपछि…

    अनलाइन नेपाल
  • मंगलबार, ८ असार २०७८
  • 3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद सर्वोच्च अदालतले बदर गरेसँगै २० जना मन्त्री पदमुक्त भएका छन् । आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने आदेश दिएको हो ।

    जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री ओलीले जेठ २१ गते एक जना उपप्रधानमन्त्री र १० जना मन्त्री हटाएर उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी २१ जना थप गरेका थिए ।



    यता, उपप्रधानमन्त्री तथा मन्त्रीकै हैसियतमा बढी तथा पहिरोले क्षतविक्षत भएको सिन्धुपाल्चोकको अवलोकमा हेलिकोप्टरमा सयर भएका उपेन्द्र महतो र शेरबहादुर तामाङको मन्त्री पद भने आकाशमै भएका बेला गुम्यो ।



    उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिपरिषद विस्तार संवैधानिक कि असंवैधानिक भनेर बहस चलिरहेका बेला हेलिकोप्टर चढेर सिन्धुपाल्चोकतर्फ लागेका थिए । हेलिकोप्टरबाट काठमाडौं टेक्न नपाउँदै उनीहरुको मन्त्री पद गुमेको हो ।

    गत असार १ गतेको मेलम्ची नदीको भीषण बाढीले क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि मन्त्री महतो र तामाङ दिउँसो साढे १२ बजे सिन्धुपाल्चोकतर्फ उडेका थिए । तामाङ सोही क्षेत्रका निवर्तमान सांसद समेत रहेका छन् ।

    मेलम्ची तथा हेलम्बुका बाढी प्रभावितहरुलाई भेटेर उनीहरुले तत्कालका लागि आवश्यक पर्ने खानेकुरा र अस्थायी बसोबासको व्यवस्था गर्ने र बाटो तथा पुल निर्माण थाल्ने आश्वासन दिएका थिए । तर, काठमाडौं टेक्न नपाउँदै मन्त्री पद गुमाएका उनीहरुले दिएको आश्वासन केवल आश्वासनमै सिमित हुन पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार