Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिन्धुपाल्चोक–२ मा कांग्रेसका मोहन बस्नेत विजयी, ह्याट्रिकबाट चुके शेबहादुर

    सिन्धुपाल्चोक–२ मा कांग्रेसका मोहन बस्नेत विजयी, ह्याट्रिकबाट चुके शेबहादुर

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 873
    SHARES

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत निर्वाचित भएका छन् ।

    उनले नेकपा एमालेका शेरबहादुर तामाङलाई ११ हजार ८७४ मतान्तरले पराजित गरेका हुन् ।



    कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ मत ल्याए । एमालेका तामाङले २७ हजार चार सय ९३ मत पाए ।



    सिन्धुपाल्चोक–२ मा कांग्रेसले पहिलोपटक जित निकालेको हो । एमालेका तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचित भएका थिए । यसपटक भने उनी ह्याट्रिक जित निकाल्नबाट चुके ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार