Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • टेरामक्स खरिद प्रकरणमा अख्तियारले लियो स्वास्थ्यमन्त्री बस्नेतको बयान

    टेरामक्स खरिद प्रकरणमा अख्तियारले लियो स्वास्थ्यमन्त्री बस्नेतको बयान

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 405
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको बयान लिएको छ ।

    टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिद प्रकरणमा अख्तियारले मन्त्री बस्नेतको बयान लिएको हो ।



    स्रोतका अनुसार उनले मंगलबार अख्तियारको कार्यालयमा पुगेर बयान दिएका हुन् । यसअघि उनी अख्तियार जान आनाकानी गर्दै आएका थिए ।



    बस्नेतले तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा टेरामक्स प्रणाली खरिदको निर्णय गरेका थिए । हाल स्वास्थ्य मन्त्री रहेका बस्नेतविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी अख्तियारले थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार