Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भूकम्पका घाइतेको स्वास्थ्य अवस्था बुझ्न टिचिङ हस्पिटल पुगे स्वास्थ्यमन्त्री बस्नेत

    भूकम्पका घाइतेको स्वास्थ्य अवस्था बुझ्न टिचिङ हस्पिटल पुगे स्वास्थ्यमन्त्री बस्नेत

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 360
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गत शुक्रबार गएको विनाशकारी भूकम्पमा परेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएका उपचाररत घाइतेलाई भेटका छन् ।

    जाजरकोट र पश्चिम रुकुममा गएको विनाशकारी भूकम्पमा परेर गम्भीर घाइते भएका उनीहरुको स्वास्थ्य अवस्था बुझ्न मन्त्री बस्नेत अस्पताल पुगेका हुन् ।



    सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको सबै अस्पतालमा उपचार निःशुल्क गर्ने निर्णय गरिसकेकाले सबैको निःशुल्क उपचार भइरहेको मन्त्री बस्नेतले बताए ।



    भूकम्पमा परेर गम्भीर घाइतेहरु मध्ये त्रिवि शिक्षण अस्पतालमा १० जनाको उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार