Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • परम्परागत औषधिको विकास गर्न सरकारले लगानी बढाउने छ : स्वास्थ्यमन्त्री बस्नेत

    परम्परागत औषधिको विकास गर्न सरकारले लगानी बढाउने छ : स्वास्थ्यमन्त्री बस्नेत

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 669
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गरेका छन् ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र भारत सरकारको संयुक्त आयोजनामा भारतको गुजरातस्थित गान्धीनगरमा आयोजना गरिएको परम्परागत चिकित्सासम्बन्धी ‘डब्लुएचओ’ विश्वव्यापी शिखर सम्मेलनको प्लेनरी सेसनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।



    उनले परम्परागत औषधिको विकास र विस्तारका लागि नेपाल सरकारले लगानी बढाउने बताए ।



    नेपालमा ८० प्रतिशत जनता अहिले पनि ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएको बताउँदै मन्त्री बस्नेतले उनीहरुले कुनै न कुनै रुपमा परम्परागत औषधिको प्रयोग गर्ने गरेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार