Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्थायित्वका लागि एमाले र कांग्रेस मिलेर सरकार बनाउन आवश्यक छ : शेरबहादुर तामाङ

    स्थायित्वका लागि एमाले र कांग्रेस मिलेर सरकार बनाउन आवश्यक छ : शेरबहादुर तामाङ

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने एमाले र कांग्रेस मिलेर सरकार बनाउन आवश्यक रहेको बताएका छन् ।

    राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै तामाङले सो कुरा बताएका हुन् । उनले देशमा धेरै राजनीतिक दलका कारण अस्थिरता निम्तिरहेको बताए ।



    उनले भने, ‘मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने म प्रस्ताव गर्न चाहन्छु, यद्यपि नेकपा (एमाले) अहिले सरकार गठनको पक्षमा छैन । दुई राजनीतिक पार्टी मिल्न सक्यौँ भने करिब–करिब दुई तिहाइको स्थिति आउँछ । देशमा धेरै राजनीतिक दल हुनु यही अस्थिरता निम्त्याउनु रहेछ ।’



    अहिलेको सरकारको आयु कांग्रेस ब्युँझिएको दिनसम्म मात्रै बाँकी रहने उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार