Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरकारले नागरिकता कानूनको भ्रूर्ण हत्या गरेको छ : नेता तामाङ

    सरकारले नागरिकता कानूनको भ्रूर्ण हत्या गरेको छ : नेता तामाङ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 711
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले संसदमा पेश भएको नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएर सरकारले नागरिकता कानूनको भ्रूण हत्या गरेको आरोप लगाएका छन् ।

    नागरिकता सम्बन्धी विधेयक लिने सरकारको प्रस्तावप्रति विरोध जनाउँदै उनले भने, ‘सरकारले नागरिकता कानूनको भ्रूर्ण हत्या गरेको छ, जन्मन लागेको नागरिकता कानूनको गर्भपतन गरिएको छ, यो गलत छ ।’



    उनले पारित गर्ने चरणमा पुगेको विधेयक फिर्ता लिएपछि अहिलेको संसदबाट नागरिकता सम्बन्धी ऐन बनाउनै नसकिने बताए ।



    सरकारले नागरिकता सम्बन्धी ऐन बनाउन नसकेका कारण धेरै जना नागरिकता पाउन नसकेर समस्यामा परेको सांसद तामाङले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार