Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला दहन

    प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला दहन

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    बुटवल । रूपन्देहीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । शहरी विकासमन्त्री समेत रहेका उपप्रधानमन्त्री महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै रुपन्देहीमा नेकपा माओवादी केन्द्रको भातृ संस्था योङ कम्युनिष्ट लिग (वाईसीएल) सैनामैना नगर समितिले आज सैनामैनाको मुर्गियास्थित पूर्व–पश्चिम राजमार्गमा ओली र महतोको पुत्ला जलाएका हुन् ।

    प्रधानमन्त्री ओलीले एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनीहरुको पुत्ला दहन गरिएको वाईसीएल सैनामैना नगर समितिका अध्यक्ष गोविन्द खरेलले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार