Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

असोजसम्म विवरण बुझाउने प्राइभेट फर्म तथा कम्पनीलाई ९० प्रतिशत छुट

काठमाडौं । वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका फर्म तथा कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७८ असोज मसान्तभित्र विवरण बुझाएमा जरिवानामा ९० प्रतिशत शुल्क मिन्हा हुने भएको छ ।

जारी गरेको आर्थिक अध्यादेश,२०७८ अनुसार प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ तथा कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका फर्म तथा कम्पनीले यसै बर्षको असोजमसान्तसम्म बुझाएमा ९० प्रतिशत शुल्क कम्पनी रजिष्ट्रार कार्यालयले मिन्हा गर्ने भएको हो ।

हालसम्म कम्पनी रजिष्ट्रार कार्यालयमा २ लाख ५० हजार भन्दा बढी कम्पनी दर्ता भएपनि कतिपय कम्पनीहरु निष्क्रिय छन् । जरिवानामा परेका कम्पनीहरु कति छन् भन्ने एकिन तथ्याकं नभएपनि अब छुटको व्यवस्था गरिएकाले सबैले कम्पनी नविकरण गर्ने कम्पनी रजिष्ट्रार कार्यालयको आँकलन छ ।

कम्पनीले बार्षिक रुपमा आफूले गरेका साधारण सभाका टिपोटहरु र कम्पनी ऐन बमोजिम बुझाउनु पर्ने विभिन्न दफा अनुसारको विवरणहरु बार्षिक रुपमा नबुझाएको खण्डमा जरिवाना लाग्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077