Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिरहामा अज्ञात समूहद्वारा एक पुरुषमाथि गोली प्रहार

रामनारायण यादव/ जनकपुरधाम । प्रदेश २ को सिरहामा एकजना पुरुष माथि गोली प्रहार भएको छ । जिल्लाको मिर्चैया नगरपालिका वडा नम्वर ५ स्थित स्थानीय रामसागर साफीमाथि गोली प्रहार भएको हो ।

शनिबार ८ बजेको समयमा अज्ञात समूहले साफीलाई गोली हानेको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले चलाएको गोलीमध्ये एक गोली उनको हातमा लागेको र एक गोली तिघ्रामा लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

घाईते साफीको मिर्चैयामा उपचार भइरहेको छ । गोली चलाउने समूहको खोजीकार्य भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077