Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमा कोरोना संक्रमण घट्दै, २३ करोडले खोप लगाए

    भारतमा कोरोना संक्रमण घट्दै, २३ करोडले खोप लगाए

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । भारतमा पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको छ । दैनिक चार लाख संक्रमित थपिदै गएको भारतमा शनिबार एक लाख १४ हजार मात्र संक्रमित थपिएका छन्।

    सो वधिमा एक लाख ८९ हजार संक्रमणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । कोरोनाबाट एकैदिन दुई हजार ६७७ जनाले ज्यान गुमाएका छन्।



    अहिलेसम्म भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड ८८ लाख ९ हजार पुगेको छ भने २ करोड ६९ लाख ८४ हजार ७८१ संक्रमणमुक्त भएका छन्।



    भारतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ लाख ४६ हजार ७ सय नाघेको छ । अहिले भारतमा १४ लाख ७७ हजारभन्दा बढी सक्रिय संक्रमित रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

    भारतमा २३ करोड १३ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार