Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदेश नं २ : जसपा संसदीय दलको नेतामा लालबाबु राउत चयन

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश नं २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ।

आज पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा बसेको बैठकले संसदीय दलको नेतामा राउतलाई चयन गरिएको जसपाका एन जना नेताले जानकारी दिए ।

ती नेताका अनुसार राउतलाई संसदीय दलमा चयन गरेसँगै आजै प्रदेशसभा सचिवालयमा पत्र सहित जानकारी गराइने भएको छ । यससँगै प्रदेशमा समेत सत्ता समीकरण फेरबदल हुने सम्भावना बढेको छ ।

केन्द्रमा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ मा समेत सरकार परिवर्तन हुने चर्चाबीच अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा बैठक बोलाएर संसदीय दलको विधान पारित गराउनका साथै संसदीय दलको नेता समेत चयन गराएका हुन् ।

तत्कालीन समाजवादी पार्टीका ३० जना र तत्कालीन राजपाबाट ६ जना प्रदेश सभा सदस्य गरी ३६ जनाले निर्णयमा हस्ताक्षर गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077