Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अहेवले चलाउँदै भरतपुर अस्पताल , न्याय खोज्ने डाक्टरलाई कारवाही स्वरुप सरुवा

यदुनाथ बन्जरा / चितवन।   भरतपुर अस्पतालमा ११ औं तहका डाक्टर प्रमुख अर्थात् मेडिकल सुप्रिटेण्डेण्ट रहने कानुनी व्यवस्था छ । निमित्त वाहेकलाई हेर्ने हो भने ११ औं तहकै डाक्टर मेसु हुँदै आएका छन् । ११ औं तहका मेसु भएपनि मेसुले थिति र विधिमा अस्पताल चलाउन सकेका छैनन् । विभिन्न विधाका शाखाहरुमा विषयगत कर्मचारीलाई जिम्मेवारी दिनुको सट्टा गैह्र विषयगत कर्मचारीलाई विभिन्न शाखा प्रमुखको जिम्मेवारी दिइँदा अस्पतालले अपेक्षाकृत ढंगबाट प्रभावकारी सेवा दिन नसकेको भन्दै कर्मचारी वृतमै व्यापक असन्तुष्टि रहेको पाइएको छ ।
समग्रमा हेर्दा भरतपुर अस्पतालका अधिकांस शाखालाई अहेवको जिम्मा दिइएको छ । ति मध्य कतिपय अहेवले चलाएका शाखाहरु निस्प्रभावी रहेको र त्यसले अस्पतालको सेवा प्रभावित हुन गई अस्पतालको छवि माथि नै प्रश्न उव्जिएको छ ।

अस्पतालमा काम अनुसारको कर्मचारी व्यवस्थापन गर भन्दै शान्तिपूर्ण दवाव आन्दोलन गर्दा भरतपुर अस्पतालका एक जना फार्मेसी अधिकृतको आकसिमक सरुवा गरिएको छ । सातौ तहका डा. सैलष वस्याललाई स्वास्थ्य सेवा विभागले २०७८ जेष्ठ ६ गते निर्णय गरी सोहि दिन पत्राचार गरी औषधी व्यवस्थापन विभाग काठमाडौंमा सरुवा भएको छ ।
मन्त्रालयबाट करार नियुक्ती पाई ६ महिना पहिला भरतपुर अस्पतालमा खटाइएका वस्यालले भरतपुर अस्पतालमा 'राइट पर्सन राइट प्लेस' र जहाँ औषधी त्यहाँ फर्मासिस्टको सिद्धान्तलाई लागु गर्न अस्पताल प्रशासन समक्ष माग गर्दै आएका थिए । उक्त शान्तिपूर्ण आन्दोलनमा अस्पतालमा कार्यरत फर्मासिस्ट लगायतका कर्मचारीहरुको ऐक्यवद्धता रहेको थियो ।
अस्पतालमा रहेको सरकारी फार्मेसीलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न आव्हान गर्दा केहि कर्मचारीको गलत मनसाय बोकेर पुरानो सेटिङ तोडिने डरले आन्दोलन तुहाउन मेरो सरुवा गराएका हुन डाक्टर शैलेष वस्यालले भने । उनले भने मेरो सरुवा गरिए पनि अस्पतालको समग्र हितमा जारी शान्तिपूर्ण आन्दोलन सफल हुने छ ।

यता, भरतपुर अस्पतालका फर्मासिस्टहरु शान्तिपूर्ण दवाव आन्दोलनमा होमिएका छन् । सेवा प्रभावित नहुने गरी उनिहरु आन्दोलित भएका छन् । २०७३ कार्तिक देखि सरकारले सरकारी अस्पतालमा आफ्नै फार्मेसी हुनुपर्ने प्रावधान ल्याएको थियो । फार्मेसी संचालनमा ल्याए सँगै फर्मासिस्ट हरु नियुक्त गरी अस्पताल फार्मेसी व्यवस्थापन गर्दै आएको थियो ।
सरकारले लोकसेवाबाट फर्मासिस्ट समेतको विज्ञापन गरी सरकारी अस्पतालमा खटाउदै आएको भएपनि भरतपुर अस्पतालमा भने सरकारी निति नियमलाई धोती लगाएर त्यहाँका मेसु, लेखा, प्रशासनको मिलमतो र सेटिङमा गैह्र फर्मासिस्टलाई फार्मेसी स्टोर्स प्रमुखमा अहेवलाई खटाएको छ । जवकी भरतपुर अस्पतालमा फार्मेसी अधिकृत साँतौ तहका सिनियर फर्मासिस्टलाई स्वास्थ्य मन्त्रालयले करार सेवा अन्तरगत खटाई कार्यरत छन् भने फर्मासिस्ट ५ औ तहको स्थायी दरवन्दीमा अर्का फर्मासिस्ट सोही अस्पतालमा कार्यरत रहि आएका छन् । तर पनि अस्पताल प्रशासनले गैह्र फर्मासिस्ट सिअहेव रामहरि ढकाललाई मिति २०७५ असार ३ गते देखि हाल सम्म फार्मेसी स्टोर्स प्रमुखको रुपमा प्रमाणिकरण गर्ने गरी जिम्मेवारी दिइएको छ । औषधीको स्टोर्स व्यवस्थापन सम्बन्धि सामान्य जानकारी समेत नहुने व्यक्तिलाई फार्मेसी स्टोर्स प्रमुख को जिम्मेवारी दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
करोडौं रुपैयाँको औषधी खरिद गर्नु पर्ने अस्पताल फार्मेसी स्टोर्समा ढकाललाई प्रमुख बनाइ राख्नुमा सप्लायर्स सँगको सेटिङ व्यवस्थापन र कमिशनको खेलोमेलो मुख्य रहेको चर्चा चलेको छ । राजनीतिक आडवल समेत मिलाएका कारण उनलाई मेसुले समेत चलाउन सक्दैनन् ।
डा रविन खड्का मेसु हुँदा फार्मसी स्टोर्स प्रमुखमा नियुक्ति पाएका ढकाललाई त्यसपछि फेरिएका झण्डै आधा दर्जन मेसुले चलाउन सकेनन् । यस अघिका निप्रमेसु डा. जगन्नाथ तिवारीले फार्मसी स्टोर्स प्रमुख परिवर्तन गर्ने सोच वनाएको वताएका थिए । तर उनी जिम्मेवारी विहिन हुन पुगेको कारण सिअहेव लगायत केहि कर्मचारीको दवावका कारण पत्र तयार भए पनि सहि हुन सकेन ।
मन्त्रालयबाट मेसु नियुक्त भई आएका डा. रोशन न्यौपाने पनि निरिह बन्दै गएका छन् । मेसु न्यौपानेले अहेवलाई कहाँ खटाउने? नर्सलाई कहाँ खटाउने ? लेखा अधिकृतलाई कहाँ खटाउने?  भन्ने नियम बसाल्न नसक्दा उनी असक्षम बन्ने खतरा बढेको छ।

त्यसो त फार्मेसी व्यवस्थापन, भण्डारण, खरिद प्रणाली लगायतका विषयलाई प्रभावकारी वनाउने उद्देश्यले अस्पताल व्यवस्थापले अध्ययन अवलोकन कार्यदल बनायो । अस्पताल विकास समितिका सदस्य केशव देवकोटाको संयोजकत्वमा वनेको आठ सदस्यीय कार्यदलले २०७७ फागुन १३ गते १० पृष्ठ लामो प्रतिवेदन वुझायो ।

प्रतिवेदनले नेपालका चर्चित अस्पतालहरु वीर, निजामती, गंगालाल क्यान्सर अस्पताल लगायतका फार्मेसी संचालन भण्डार खरिद जनशक्ति व्यवस्थापन, लगायतका विषयमा अध्ययन अवलोकन गरेको थियो । भरतपुर अस्पतालको खर्चमा प्रतिवेदन तयार भयो वुझाइयो तर ४ महिना वितिसक्दिा पनि प्रतिवेदन लागु गर्ने तत्परता अस्पतालले देखाएको छैन । आन्दोलनरत फर्मासिस्टहरुले अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077