Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङद्वारा सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले मन्त्री नियुक्त भएको चौथो दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने बताउदै भने, 'जनप्रतिनिधिको हैसियतमा काम तथा कार्वाहीलाई पारदर्शी तुल्याउन आफूले विवरण सार्वजनिक गरेको छु, उनले थपे, ‘मन्त्रिपरिषद्को सदस्यको रुपमा मैले विवरण सार्वजनिक गरेको छु ।

नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077