Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सामाजिक सञ्जालमार्फत् लट्री परेको भन्दै ठगी गर्ने युवक प्रहरीको फन्दामा

पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक सञ्जाल वाट्सएप, इमो मार्फत लट्री परेको भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगंज महानगरपालिका-१८ बस्ने निरज कुमार सिंह रहेका छन्।

पक्राउ परेका सिंहले वाट्सएप, इमोमार्फत २५ लाखको लट्री परेको भन्दै २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।

उनले लट्री प्राप्त गर्नका लागि ट्याक्स दिनुपर्छ भनी झुक्याई पीडितहरुलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ई-सेवामा नगद जम्मा गर्न लगाउने गरेको प्रहरीको भनाइ छ ।

उनी उपर ठगी मुद्दा कसूरमा थप आवश्यक कारवाही हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077