Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संवैधानिक इजलास आज पनि नबस्ने

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलास आज पनि नबस्ने भएको छ।

संवैधानिक इजलासको पेसी आज पनि नतोकिएका कारण इजलास नबस्ने भएको हो।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सन्चो नभएपछि सुनुवाइ स्थगित भएको छ। योसँगै प्रतिनिधि सभा विघटन विरुद्धको रिटको सुनुवाइसमेत रोकिएको छ।

संवैधानिक इजलासको अर्को पेसी बुधबार तोकिने बताइएको छ। आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077