Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

उपप्रधानमन्त्री महतोले सार्वजनिक गरे फेरि विवादित अभिव्यक्ति

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले मधेशी नेताहरु सरकारमा जाँदा पहाडी नेताहरु तनावमा परेको अभिव्यक्ति सार्वजनिक गरेका छन्।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शहरी विकासमन्त्री तथा उपप्रधानमन्त्रीमा नियुक्ति भएका महतोले मधेसी मूलको नेता सरकारमा गएकै कारणले केही पहाडी नश्लिए चिन्तनको सोंच बोकेका राष्ट्रघाती तत्वहरू सलबलाइरहेको उल्लेख गरेका हुन् ।

सोमबार बेलुका सामाजिक सञ्जालमा उपप्रधानमन्त्री महतोले यस्तो हुनु चिन्ताको बिषय रहेको भन्दै एक ट्वीट गरेका छन्।

उनले लेखेका छन्, मधेसी मूलको नेता सरकारमा गएकै कारणले केही पहाडी नश्लिए चिन्तनको सोंच बोकेका राष्ट्रघाती तत्वहरू सलबलाइरहेका छ्न् । यो चिन्ताको विषय हो ।'

https://twitter.com/rajendra_jii/status/1401871206102441989

उनको यो अभिव्यक्ति पनि विवादमा पर्ने देखिएको छ। यसअघि पनि उपप्रधानमन्त्री महतोले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्‍याएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077