Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिलाको चुल्ठो समाउने नै महिलामन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा शुक्रवारदेखि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त जसपाकी रेणुका गुरुङवारे सैनिक वृत्तमा राम्रै चर्चा शुरु भएको छ ।

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहका झण्डै डेढ दर्जन सांसदमध्ये मन्त्री नियुक्त १० जनामा गुरुङ एक्लो गैरमधेशी समुदायको हुनुुहुन्छ ।

खोटाङमा जन्मेर बैंशालु जीवन इटहरीमा बिताउनुभएकी गुरुङ नेपाली सेनाको एक जना पूर्वअधिकृतको अर्धाङ्गिनी पनि हुनुहुन्छ । गुरुङ्ग लेफ्टिनेण्ट कर्णेलमा लामो समय रहेर प्रमुख सेनानी (लेखा समूह) बाट दुई वर्षअघि सेवानिवृत्त केदार भुजेलकी श्रीमती हुनुहुन्छ । भुजेलले सिपाहीबाट सेनाको सेवा शुरु गरेको सैन्य स्रोतले बताएको छ ।

उनी त्यसपछि बेसिक २६ को अफिसर भएका थिए । श्रीमान अधिकृत भएपछि उनको सरुवासँगै त्यतै जाने क्रममा भुजेल दम्पत्ति केही वर्षअघि काठमाडौंको डल्लुस्थित सैनिक अधिकृत क्वार्टरमा बसेको थियो ।

त्यहि आवासमा पछि प्रधान सेनापति राजेन्द्र क्षेत्रीको सैनिक सचिव समेत बनेका एकतारे जर्नेल खड्ग मल्लको परिवार पनि बस्थ्यो ।

रहँदा बस्दा मल्लकी श्रीमतीले आशंकासहित धेरै पटक कराउँदा र एकाध पटक भुत्ल्याउँदा गुरुङले पनि मल्लकी श्रीमतीको चुल्ठो समाएको देख्नेहरु अहिले प्रधानमन्त्रीले मन्त्रालयको जिम्मेवारीचाँहि मिलाएरै दिएको भन्न थालेका छन् ।

‘मल्लकी श्रीमतीले के कुरामा शंका गरिन् थाहा छैन,’त्यतिबेलाका प्रत्यक्षदर्शी एकजना भूपू सैन्य अधिकृतले भने ‘भुजेलकी श्रीमती गुरुङले चाँहि मल्लकी श्रीमतीको चुल्ठो समाएर सिनियरको श्रीमती हुँदैमा जे पायो त्यहि बोल्न मिल्छ ? भन्दै हकारेकी थिइन् ।’

म्याग्दीका मल्ल यसअघिकाको पालामा एक तारे जर्नेल भएर सैनिक सचिवको रुपमा कार्यरत थिए । उनी पनि सेवानिवृत्त भइसकेका छन् ।

गुरुङले पछिल्लो स्थानीय निर्वाचनमा टोखा नगरपालिकाबाट उपमेयरमा प्रतिस्पर्धा गर्दा ९९ मत ल्याएकी थिइन् ।  जनआस्था साप्ताहिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077