Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महोत्तरीमा मध्यराति डकैती, लुटेराको गोली लागेर एक महिला घाइते

रामनारायण यादव/ जनकपुरधाम । जिल्लाको लोहारपट्टी नगरपालिका वडा नम्वर ६ मा गए राति लुटपाट भएको छ । स्थानीय रामकरण साहको घरमा ६–७ जनाको समूहमा हतियारसहित आएका डाकाको समूहले लुटपाट गरेको हो ।

लुटपाट गर्ने क्रममा गुहार गर्दा रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साहमाथि लुटेराहरुले गोली प्रहार गरेका छन् । गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । डाकाहरुले चलाएको गोली गायत्रीको दाहिने तिघ्रामा लागेको छ ।

प्रहरी नायव उपरीक्षक विष्टका अनुसार डाका समूहले घरमा राखेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077