Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मुख्यमन्त्री गुरुङले जेठ २७ मा विश्वासको मत लिने

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री गुरुङले आगामी जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने उनको सचिवालयले जनाएको छ।

गत वैशाख २९ गते प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री गुरुङले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077