Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाग्मती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ मा

    बाग्मती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ मा

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    हेटौँडा। बाग्मती प्रदेशसभाको आठौं अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि नीति तथा कार्यक्रम यही जेठ २७ गते अपराह्न ३ बजे प्रस्तुत हुने भएको छ।

    नीति तथा कार्यक्रम  प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रस्तुत गर्ने  प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।



    आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेको अध्यक्षतामा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकले सरकारको नीति कार्यक्रमलाई सार्वजनिककरण गर्न प्रदेश प्रमुखलाई सिफारिस भएबमोजिम कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव खड्काले बताए ।



    प्रदेशसभाको यही जेठ १६ र १७ गतका बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका विषयमा छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार