Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज शपथ लिँदै, मन्त्रिपरिषद् पनि गठन हुने

    बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज शपथ लिँदै, मन्त्रिपरिषद् पनि गठन हुने

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 645
    SHARES

    बागमती । बाग्मती प्रदेशमा आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ ।

    मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँगै दुई जना मन्त्रीले शपथ लिँदैछन् । सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम जम्मकट्टेल प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।



    मंगलबार बिहान ९ः३० बजे बागमती प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका जम्मकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । उनको शपथका लागि प्रदेश प्रमुख कार्यालय हेटौंडामा तयारी भइरहेको छ ।



    माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेता जम्मकट्टेल सोमबार ५ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई माओवादी केन्द्र २१ सांसद सहित, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना गरि ७० जना सांसदको समर्थन रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार