Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री जम्मकट्टेल

    आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री जम्मकट्टेल

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 483
    SHARES

    काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिँदै छन् ।

    सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।



    उक्त प्रयोजनका लागि प्रदेश सभा सचिवालयले आज दिउँसो ३ बजेका लागि बैठक बोलाएको छ । राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो ।



    त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । आज लिने विश्वासको मतमा राप्रपाले नदिने जनाए पनि सत्ता साझेदार नेकपा एमाले भने अझै अनिर्णीत अवस्थामा रहेको छ ।

    गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार