Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यस्तो छ स्वास्थ्यमन्त्री तामाङ दम्पतिले सार्वजनिक गरेको सम्पतिको विवरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले मन्त्री भएपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनी र उनकी पत्नी उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङमा गरी १४ ठाउँमा जग्गा छ ।

यस्तै मन्त्री तामाङले आफूसँग अहिले २२ तोला सुन रहेको उल्लेख गरेका छन् । यस्तै आफ्नो नाममा एउटा मोटरसाइकल र पत्नी उषाकला राईको नाममा एउटा कार रहेको उनले सम्पत्ति विवरणमा देखाएका छन् । यसैगरी उनीसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप रहेको विवरणमा जनाइएको छ ।

यस्तै मन्त्री तामाङले अहिले आफूसँग २० लाख रुपैयाँको सेयर रहेको जानकारी दिएका छन् । उनले अहिले आफूलाई ३५ लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077