Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकारको प्रवक्तामा नैनकला थापा

काठमाडौँ । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ। थापा बिहीबार सञ्चारमन्त्रीमा नियुक्त भएकी थिइन्।

प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077