Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बालुवाटारमा चिकित्सा शिक्षामाथिकाे हस्तक्षेपविरूद्ध प्रदर्शन गर्ने नागरिक अगुवा पक्राउ

काठमाडौँ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

आज प्रधानमन्त्री निवास अगाडि वालुवाटारमा प्रदर्शनमा उत्रिएका वृहत नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको हो।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवाहरु खगेन्द्र संग्रौला, नारायण वाग्लेलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’,नीजि अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने'लगायतका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए।

यसै बिषयमा आज विवेकशील साझा पार्टीले एक विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रमाथि सरकारी हस्तक्षेप बन्द गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077