Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल वायुसेवा निगमका अध्यक्ष घिमिरेले दिए पदबाट राजिनामा

काठमाडौँ । नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएका छन् । अध्यक्ष घिमिरेले आज पर्यटन सचिवसमक्ष राजीनामा दिएका हुन् ।

तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले गत साल २०७७ बैशाख २ गते घिमिरेलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए। तर, त्यसको केही महिनापछि डिमप्रकाश पौडेललाई महाप्रबन्धक बनाइएपछि उनी सेरोमेनियल अध्यक्ष थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुले जहाज खरिदका लागि दबाब दिएका कारण बृद्व अवस्थामा अख्तियार धाउनुपर्ने भएपछि उनले राजीनामा दिएको हुन सक्ने अनुमान छ । यद्यपि राजिनामाको कारण भने बाहिर आएको छैन।

कोरोना महामारी सुरु भएपछि झन् संकटमा रहेको निगम हाल ४५ अर्ब घाटामा संचालित छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077