Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरोकप : इटालीद्वारा टर्की पराजित

एजेन्सी । युरोकप फुटबलको उद्घाटन खेलमा इटालीले टर्कीलाई पराजित गरेको छ ।

समूह ए मा रहेको इटालीले शुक्रबार राति भएको प्रतियोगिताको पहिलो खेलमा टर्कीलाई ३–० गोलले पराजित गरेको हो । टर्कीले एउटा आत्मघाती गोल गरेको थियो ।

पहिलो हाफमा गोलरहित बराबरी पछि ५३ औँ मिनेटमा टर्कीका मेरिह देमिरालले आत्मघाती गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । खेलको ६६ औँ मिनेटमा चिरो इमोबिले तथा ७९ औँ मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गरी इटालीलाई जित दिलाए ।

इटाली सन् २०१८ को सेप्टेम्बर यता लगातार २८ खेलमा अपराजित रहेको छ । पहिलो हाफमा दबाब बनाए पनि गोल गर्न नसकेको इटालीले दोस्रो हाफमा गोल गरेको हो ।

बुधबार टर्कीले वेल्स तथा इटालीले स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077