Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य सामाग्री बाँड्दै हिंडेका ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण , ५ जना पक्राउ

काठमाडौं। कोरोना महामारीको समयमा स्वास्थ्य सामाग्री बोकेर  सातै प्रदेशमा बाँड्दै हिंडेकासामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको टोलीमाथि सुर्खेतमा आक्रमण भएको छ।

आक्रमणबाट शाहीसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईं घाइते भएका  छन्। घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ।

मध्यराति अज्ञात समूहले उनीहरुमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई  पक्राउ गरेको छ।  उनीहरु नेकपा एमाले निकट रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) वसन्त पन्तले जानकारी दिए।

ज्ञानेन्द्र शाहीले  नेकपा एमालेको केपी ओलीका कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेको बताएका छन्। घटनास्थलमा प्रहरी पुगेपनि सहयोग नगरेको उनको गुनासो छ । शाहीले रुँदै घाइते एक युवकलाई अँगालो मारेर आत्तिएको भिडियो सामाजिक सन्जालमा भाइरल बनेको छ।

ती युवकको टाउकोको पछाडिको भागबाट रगत बगिरहेको र प्राथमिक उपचार पनि गरेको देखिन्छ ।

ओलीका कार्यकर्ताहरुले मार्ने योजना अन्तर्गत आक्रमण गरेको तर सफल नभएको शाहीले बताए। निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह मेडिकल सामाग्री लिएर देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ।

यसअघि शाहीमाथि चितवनमा  वाइसिएलका कार्यकर्ताहरुले आक्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077