Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीप्रति मनाङेको छुद्र टिप्पणी - दुई वटै किड्नी नभएकाको पछि किन लाग्ने ? (भिडियो)

कास्की । गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद दीपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गरेको भिडियो सार्वजनिक भएको छ।

करिब एक महिनाको अबधिमा तेस्रोपटक मन्त्री नियुक्त भएका मनाङेले हिजो विनाविभागीय मन्त्रीको सपथ खानुअघि उनले प्रधानमन्त्री ओलीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गरेका हुन् ।

शनिबार नयाँ सरकार गठनमा आलटाल गरेको भन्दै कांग्रेस नेतृत्वमा प्रदेश प्रमुख निवासअघि विपक्षीहरु धर्ना बसेका बेला मनाङेले भने, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुई वटै किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ ।’ भन्दै छुद्र टिप्पणी गरेका छन्।

यसअघि मनाङे एमाले नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए । सरकार गठनमा निर्णायक भूमिका खेलेका उनको यो भिडियो अहिले टिकटकमा भाइरल भएको छ।

@shiva.dahalदुईटा किड्नी नभएको मानिसको पछि लागेर काम छैन : दीपक मनांगे ##deepakmanangge ##deepakmanange ##gandakiprovince ##दिपकमनाङे ##दिपकमनाङ्गे

♬ original sound - Shiva Dahal


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077