Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वप्रधानमन्त्रीहरुको वक्तव्यमाथि लिङ्देनको कटाक्ष - सत्ताबाहिर बस्नु पर्दाको औडाहा मात्र !

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङदेनले शनिबार पाँच पूर्वप्रधानमन्त्रीहरुले जारी गरेको संयुक्त वक्तव्यलाई लिएर प्रश्न उठाएका छन् ।

नेता लिङदेनले सामाजिक सञ्जालमार्फत ५ पूर्वप्रधानमन्त्रीले वक्तव्यमार्फत बाह्य हस्तक्षप रोक्न गरेको अपिलमा कटाक्ष प्रकट गर्दै उनले वक्तव्य लामो समय सत्ताबाहिर रहनुपर्दाको औडाहा मात्र रहेको हुनसक्ने आरोप लगाएका छन्।

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गर्दै नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्ने कुरामा सजग हुनुपर्ने बताएका थिए ।

यस्तै, नेता लिङदेनले आफूहरु नेतृत्वमा हुँदा बैदेशिक हस्तक्षेपलाई गरिएको आमन्त्रण गलत रहेछ भन्ने आत्मबोध त भएको होइन भन्दै प्रश्नसमेत गरेका छन्।

उनले लेखेका छन्,’नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवंम चलखेल नहोस भन्ने पूर्व पाँच प्रधानमन्त्रीहरुको वक्तव्य लामो समय सत्ता बाहिर बस्नु पर्दाको औडाहा मात्र होकी ? नेपालमा वैदेशिक हस्तक्षेप आमन्त्रणमा विगतमा निर्वाह गरिएको भूमिका, विदेशीहरूले तय गरेकोे मार्ग चित्रको यात्रा गलत भएछ भन्ने सामुहिक आत्मवोध पनि हो ?’

<blockquote class="twitter-tweet"><p lang="ne" dir="ltr">आन्तरिक राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप नहोस् भन्ने ५ पूर्व प्रधानमन्त्रीहरुको वक्तव्य लामो समय सत्ता बाहिर बस्नुपर्दाको औडाहा मात्र होकी ? <br>वैदेशिक हस्तक्षेप आमन्त्रणमा विगतमा निर्वाह गरिएको भूमिका,विदेशीले दिएकोे मार्ग चित्रको यात्रा गलत भएछ भन्ने सामुहिक आत्मवोध पनि हो ?</p>&mdash; Rajendra Lingden (@RajendraLingden) <a href="https://twitter.com/RajendraLingden/status/1403898326727106566?ref_src=twsrc%5Etfw">June 13, 2021</a></blockquote> <script async src="https://platform.twitter.com/widgets.js" charset="utf-8"></script>

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077