Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'ओलीले बालुवाटारलाई गुण्डागर्दीको थलो बनाए'

काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएर बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन या राजीनामा गर्न धम्की दिएको भन्दै बृहत नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी आलाइन्सले डा. गिरीको सुरक्षाको लागि अपिल गरेका छन् ।

आज बृहत नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलाइन्सले संयुक्त विज्ञप्ति जारी गर्दै राज्य शक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्री र मन्त्रीहरुले गरेको उक्त ज्यादतिको भर्त्सना गर्दै डा. गिरीको सुरक्षाको लागि अपिल गरेका हुन्।

‘आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ प्रकृया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन् । शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर गर्न वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री निवासलाई गुण्डागर्दीको थलो बनाएको भन्दै नागरिक आन्दोलन र अलायन्सले आपत्तिसमेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077