Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्जेन्टिनाले चिलीसँग बराबरी खेल्यो

एजेन्सी । कोपा अमेरिका फुटबलअन्तर्गत अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेको छ ।

गएराति भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो । खेलको ५७ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै समूह ए मा रहेका दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।

अर्जेन्टिना समूहको शीर्ष स्थानमा छ भने चिली दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077