Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरोकपमा स्पेन र स्वीडेनले बराबरी खेले, स्लोभाकियासँग पोल्याण्ड पराजित

एजेन्सी । युरोकप फुटबलमा स्पेन र स्वीडेनले बराबरी खेलेका छन् भने स्लोभाकियासँग पोल्याण्ड पराजित भएको छ ।

गएराति भएको खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।

गोल गर्ने अवसर पाए पनि स्पेनले त्यसको सदुपयोग गर्न सकेन । स्वीडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन । खेल बराबरीमा सकिएसँगै समूह इ मा रहेको स्पेन दोस्रो स्थानमा तथा स्वीडेन तेस्रो स्थानमा रहेको छ ।

गएराति भएको अर्को खेलमा स्लोभाकियासँग पोल्याण्ड पराजित भएको छ । युरो कप फुटबलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

समूह इ मा रहेको स्लोभाकियाले जितसँगै तीन अङ्क बनाएको छ । स्लोभाकिया शीर्ष स्थानमा छ भने पुछारमा रहेको पोल्याण्डले अङ्क जोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077